बिकास गुरुङ्ग, तेह्रथुम, ८ साउन । तेह्रथुमका उद्योगी व्यवसायीहरूले सरकारी सहयोग र बजार नपाएको गुनासो गरेका छन् । स्थानीय पुँजी, श्रम र सीप प्रयोग गरेर स्थापना गरिएका साना र मझौला उद्योगले सरकारी सहयोग पाउन नसक्दा समस्या भइरहेको उनीहरूले गुनसो गरेका छन् । कच्चा पदार्थको पनि अभाव खेपिरहेका जिल्लाका करिब १८ सय उद्योगलाई बजारको पनि अभाव रहेको छ ।
अन्य सामग्रीको तुलनामा धातु, ढाका, फलफूल, दुग्धजन्य पदार्थ, बिस्कुट, हस्तकला, मह र फलामका औजारको माग भने बढ्दो छ । तर, स्थानीय स्तरमा पर्याप्त कच्चा पदार्थ नपाईने भएकाले यस्ता उद्योगले वर्षभरी नै कच्चा पदार्थको अभाव हुँदा समस्या भइरहेको एकजना व्यवसायी हिमकला भुजेलले बताउनुभयो ।
साहुबाट ऋण लिएर उद्योग सञ्चालन गर्दै आएका युवाहरू सरकारले उत्पादनमा समेत सहयोग नगरेको व्यवसायी श्याम पौडेलको गुनासो छ ।