Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बझाङका नागरिक विद्युत र सञ्चारको समस्या झेल्दै 

बझाङका नागरिक विद्युत र सञ्चारको समस्या झेल्दै 

इच्छाकामना न्युज

८, श्रावण २०७९
बझाङका नागरिक विद्युत र सञ्चारको समस्या झेल्दै 
images

प्रताप ओली, बझाङ, ८ साउन । विद्युतमा हुने अनियमितताका कारण बझाङबासीले सञ्चारदेखि उद्योग र व्यापार व्यवसाय सम्ममा समस्या भोग्दै आएका छन् । २०७५ साल कार्तिक २० गते नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनसँग जोडिएसँगै विद्यूतमा हुने अनियमितताको अन्तय हुने विश्वास बझाङबासीको थियो ।

images
images

विद्युत लाइन विस्तार भएको ४ वर्षै हुनै लाग्दा पनि सेवा भरपर्दो हुन सकिरहेको छैन । अलिकति बादल लाग्ने वा पानी पर्ने वित्तिकै विजुलीको लाइन काटिने गरेको छ । जसका कारण टेलिफोन र इनटरनेट सेवा बन्द हुने गरेको छ ।

जसका कारण सेवाग्राहीलाई समस्या हुने गरेको जयपृथ्वी नगरपालिका १ कैलाशका शुशिल विष्टको भनाइ छ।टेलिफोन र विद्युत सेवा अत्यावश्यक भएपनि बादल लाग्ने वित्तिकै फोनको नेटवर्क र विद्युत लाइन जाने गरेको छ ।

वर्षौदेखि एउटै समस्या आइरहेको भएपनि यसको समाधानमा सम्बन्धित निकाय लागेको देखिँदैन । जिल्लाभर रहेका १२ भन्दा बढी टावर सौर्य ऊर्जामा निर्भर छन् । लगातार घाम नलागेको खण्डमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ ।

यसको भरपर्दो वैकल्पिक व्यवस्था नहुँदा स्थानीयले अनावश्यक हैरानी बेहोर्नुपरेको छ । अत्यावश्यक काम परेका बेला र बाढी पहिरोजस्ता विपद्का समयमा सञ्चार सुविधा नहुँदा बझाङका नागरिकले समस्या झेल्नु परेको छ ।

विद्यूत र सञ्चार सेवा प्रभावकारी नहुँदा खबर आदान प्रदान, व्यापार व्यवसाय तथा उद्योग कलकारखाना चलाउन समेत अफ्ठेरो भइरहेको छ । एक पटक अवरुद्ध भएपछि विद्युत र टेलिफोन सेवा सूरू हुन हप्तौं लाग्ने गरेको छ । जसका कारण बझाङका नागरिक आधारभुत सुविधाबाटै बञ्चित भइरहेका छन् । 

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०९:३६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology