रूस र यूक्रेनबीच जारी युद्धका बीच खाद्यान्न निर्यात गर्ने सम्झौता भएको छ । युद्धका कारण विश्वभर खाद्यान्न अभाव हुन थालेपछि दुई मुलुकले हिजो खाद्यान्न निर्यात गर्नेबारेको ‘ब्ल्याक सी ग्रेन इनिशिएटिभ’ सम्झौतामाथि हस्ताक्षर गरेको बीबीसीले लेखेको छ । जस अनुसार अबको केही समयमा यूक्रेनबाट गहुँ र मक्कैको निर्यात सुरु हुनेछ ।
रूसले समुद्री बाटोको प्रयोग गरेर युक्रेनबाट खाद्यान्न निर्यात गर्न दिने बताएको छ । साथै खाद्यान्न निर्यात गर्ने जहाजमाथि कुनैपनि किसिमको आक्रमण नगर्ने पनि रूसले प्रतिवद्धता व्यक्त गरेको छ । सम्झौताको पूर्ण पालना भए नभएको विषय भने टर्कीले निगरानी गर्ने बताइएको छ । यसैबीच, संयुक्त राष्ट्र सङ्घले उक्त सम्झौतालाई ऐतिहासिक बताएको छ ।