Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले सापटी लिन पाउने 

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले सापटी लिन पाउने 

images

सिआईएन

७, श्रावण २०७९
सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले सापटी लिन पाउने 
images

काठमाण्डौ, ७ साउन । ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएसँगै सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताले अब सापटी लिन पाउने बाटो खुलेको छ । निर्देशिका अनुसार कोषमा आवद्ध भई निरन्तर तीन वर्ष योगदान गरेकाले दुई प्रकारको ऋण सापटी लिन सकिनेछ ।

विशेष सापटी अन्तर्गत धितो नराखी कोषमा जम्मा भएको ८० प्रतिशतसम्मको रकम सापटी लिन सकिन्छ भने धितोमा आधारित कर्जा अन्तर्गत घर बनाउन, किन्न, मर्मत गर्न वा तला थप गर्न ७५ लाखसम्म दिने भएको छ । घर सापटी रकम लिनको लागि १५ वर्षको तलब वा ७५ लाख जुन कम हुन्छ सोही बराबरको रकम दिइने कोषका प्रवक्ता विवेक पन्थीले सीआईएनलाई जानकारी दिनुभयो ।

स्वच्छीक सापटी अन्तर्गत उच्च शिक्षा अध्ययन गर्न पनि सापटी लिन पाइनेछ ।  आफैं वा श्रीमती÷श्रीमान् वा छोराछोरीलाई उच्च शिक्षाको लागि शैक्षिक सापटी वापत ३५ लाखसम्म सापटी लिन पाइने भएको हो ।

यसको सुरुवात भदौ १ गतेबाट गर्ने तयारी भइरहेको छ भने सापटी लिनका लागि मोबाइल एपबाटै आवेदन दिन सक्ने व्यवस्था भइरहेको प्रवक्ता पन्थीले जानकारी दिनुभयो ।  योगदानकर्ताले वार्षिक ९ दशमलव १ प्रतिशत व्याजमा सापटी लिन पाउनेछन् । 

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - ०९:१७:२८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology