Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा दोश्रो कोभिड–१९ खुल्ला नक आउट फुटसल प्रतियोगिता सुरु

चितवनमा दोश्रो कोभिड–१९ खुल्ला नक आउट फुटसल प्रतियोगिता सुरु

images

इच्छाकामना न्युज

६, श्रावण २०७९
चितवनमा दोश्रो कोभिड–१९ खुल्ला नक आउट फुटसल प्रतियोगिता सुरु
images

चितवन, ६ साउन ।  कोभिड १९ गु्रपको आयोजनामा दोश्रो कोभिड १९ खुल्ला नक आउट फुटसल प्रतियोगिता सुरु भएको छ । आज र भोलि (शुक्रबार र शनिबार) दुईदिन सम्म चल्ने दोश्रो कोभिड १९ खुल्ला नक आउट फुटसल प्रतियोगितामा ३६ वटा टिमले भाग लिएको ग्रुपका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार आज १८ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् भने हरेक प्रतियोगिता २० मिनेटको रहको छ । प्रतियोगितामा विजयी हुने टिमले ३३ हजार ३३३ र उपविजेताले १७ हजार ७७७ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रमणि काफ्लेले खेलको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्की, चितवन भेन्ट्रान फुटबल क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठ, कान्तिपुर टोल विकास संस्थाका अध्यक्ष केशव कार्की, पूर्व पिफा रेफ्री वीरेन्द्रबहादुर पाण्डे, तमु प्ये ल्हु संघ चितवन महिला अध्यक्ष इन्द्रकुमारी तमूस्योलगायतको उपस्थिति थियो ।

प्रतियोगिताको मुख्य प्रायोजक निप्पो एण्ड भिक्टो कन्सल्टेन्सी र सहप्रायोजक म्यूजिसी रहेको छ । कोभिड १९ गु्रपले गत साल पनि फुटसल प्रतियोगिता गरेको थियो । उक्त फुटसल प्रतियोगिताको भोलि शनिबार समापन हुँदैछ ।

 

images
प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - २२:२१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology