Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दुर्घटना

मुग्लिन–नारायणगढ सडकखण्डको भत्तेरीमा ट्रक र बलेरो ठोक्किँदा २ जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डको भत्तेरीमा ट्रक र बलेरो ठोक्किँदा २ जना घाइते

images

इच्छाकामना न्युज

५, श्रावण २०७९
मुग्लिन–नारायणगढ सडकखण्डको भत्तेरीमा ट्रक र बलेरो ठोक्किँदा २ जना घाइते
images

चितवन, ५ साउन । भरतपुर महानगरपालिका-२९ स्थित भतेरी जङ्गलको ओरालोमा डिब्बा ट्रक र बोलेरो ठोक्किँदा दुई जना घाइते भएका छन् ।

बिहीबार बिहान मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ३-००१ ख २२२० नम्बरको डिब्बा ट्रक र विपरीत दिशाबाट जादैं गरेको बा १३ च २२८७ नम्बरको बोलेरो एक आपसमा ठक्कर खाँदा बोलेरोमा सवार दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा बोलेरो चालक धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष १८ को समीर नेपाली र बोलेरोमा सवार भारत मोतिहारी बस्ने वर्ष ४५ को दिलीप गुप्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुवै घाइतेको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको र दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०७९ बिहिवार - १४:३४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology