Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अपराध

अवैध युरेनियमका साथ गोरखाका जीवन गुरुङ सहित १९ जना पक्राउ

अवैध युरेनियमका साथ गोरखाका जीवन गुरुङ सहित १९ जना पक्राउ

images

इच्छाकामना न्युज

५, श्रावण २०७९
अवैध युरेनियमका साथ गोरखाका जीवन गुरुङ सहित १९ जना पक्राउ
images

मोरङ, ५ असार । मोरङको विराटनगरबाट अवैध युरेनियमका साथ गोरखा गण्डकी गाउँपालिकाका जिवन गुरुङ सहित १९ जनालाइ प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका ९ मा रहेको ठुलदाइको होटल र सोही महानगरपालिका ३ दुधफारमबाट युरेनियम सहित प्रहरीले १५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये होटलबाट ८ जनालाई १ केजी ८७.३ ग्राम सहित र दुधफारमबाट ७ जनालाई ९७८.६ ग्राम युरेनियम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले होटलबाट मोरङ धनपालथान गाउँपालिका ७ बस्ने ४१ वर्षीय शिव शंकर पासवान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका ४ बस्ने ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका २ बस्ने ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपलिका १२ बस्ने ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका ७ बस्ने ३५ वर्षीय गोपाल मगर र खोटाङ हलेसी नगरपालिका ९ बस्ने ३२ वर्षीय किरन राई रहेका छन् ।

यस्तै गरी, दुधफारमबाट गोरखा गण्डकी गाउँपालिका ८ बस्ने ४५ वर्षीय जिवन गुरुङ, महोत्तरी मङ्हा नगरपालिका ६ बस्ने ४२ वर्षीय अब्दुलगनी खान, बर्दिबास नगरपालिका १२ बस्ने ३० वर्षीय चन्दनकुमार महतो, मोरङ ग्रामथान गाउँपालिका ३ बस्ने ५५ वर्षीय रबिन्द्र गच्छेदार, मकवानपुर बागमती गाउँपालिका ५ बस्ने ३६ वर्षीय दिपकबहादुर भ्लोन, मोहत्तरी मनराषिशवा नगरपालिका ३ बस्ने ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका ५ बस्ने २८ वर्षीय श्याम घिमिरे रहेको बिराटनगर प्रहरीले जनाएको छ । पक्राउ परेका सबैका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०७९ बिहिवार - ०८:०६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology