Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँ बन्दिपुरको पिप्लेबाट बन्दुकको गोली र लागुऔषध सहित ३ जना पक्राउ

तनहुँ बन्दिपुरको पिप्लेबाट बन्दुकको गोली र लागुऔषध सहित ३ जना पक्राउ

images

इच्छाकामना न्युज

२, श्रावण २०७९
तनहुँ बन्दिपुरको पिप्लेबाट बन्दुकको गोली र लागुऔषध सहित ३ जना पक्राउ
images

तनहुँ, २ साउन । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेबाट गोली र लागुऔषध सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–४ भैसीखाँ बस्ने २१ वर्षीय मनबहादुर गुरुङ, सोही वडाको चान्चा बस्ने ३० वर्षीय आशिष कायस्थ र भानु नगरपालिका–१ शुक्रखोला बस्ने ३० वर्षीय भरत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले भरत तामाङको घरबाट ७.६२ एमएफएस २००१ लेखिएको राइफलमा प्रयोग हुने हतियारको गोली र अन्य दुई जनाको साथबाट लागुऔषध बरामद गरेको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए। प्रहरीले भरतको घर खानतलासी गर्दा दुई थान हतियारको गोली बरामद गरेको छ । त्यस्तै निजकै घरबाट एक एम्पुल नुफिन, एक एम्पुल डाइजेपाम, एक एम्पुल फेनरागन, चार थान सिरिन्ज बरामद गरेको छ ।

यसैगरी मनबहादुरको साथबाट नुफिन १७ एम्पुल, डाइजेपाम १७ एम्पुल र फेनरागन१७ एम्पुल लागुऔषध बरामद भएको छ । आशिषको साथबाट नुफिन दुई एम्पुल, डाइजेपाम दुई एम्पुल र फेनरागन दुई एम्पुल बरामद भएको छ । पक्राउ परेकामध्ये भरत लागुऔषध विक्री वितरणमा संलग्न रहेको खुलेको छ ।

पक्राउ परेका तीन जना विरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - २१:२९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology