Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पाल्पाबाट बुटवल जाने सिद्धबाबा सडकखण्डमा जोखिमयुक्त यात्रा गर्न सर्वसाधारण बाध्य 

पाल्पाबाट बुटवल जाने सिद्धबाबा सडकखण्डमा जोखिमयुक्त यात्रा गर्न सर्वसाधारण बाध्य 

images

इच्छाकामना न्युज

२, श्रावण २०७९
पाल्पाबाट बुटवल जाने सिद्धबाबा सडकखण्डमा जोखिमयुक्त यात्रा गर्न सर्वसाधारण बाध्य 
images

भुवन रायमाझी, पाल्पा, २ साउन ।  पाल्पाबाट बुटवल जाने सिद्धबाबा सडकखण्डमा २०७५ यता ३८ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ भने एक सय २३ जना घाइते भएका छन् । सो सडकमाथिबाट निरन्तर पहिरो खसिरहन्छ ।

हिउँदको समयमा समेत सुख्खा पहिरो र ढुङ्गा खसिरहने यो खण्डको विकल्पको खोजि गर्दै रुपन्देहीको चरङ्गे मुडाबास चौकी भञ्ज्याङ ज्यामिरे झुम्सा सडक निर्माणको काम सुरू गरिएको ५ वर्ष भए पनि पूरा भएको छैन ।

सरकारले तीन वर्षभित्र सडक निर्माणको काम सक्ने बताए पनि भौतिक प्रगति ३५ प्रतिशत मात्रै भएको छ । पाँच वर्षमा २० करोड १६ लाख ५० हजार रकम खर्च भइसकेको छ । भने यो सडक खण्डको २० किलोमिटरमा ट्रयाक निर्माण,ग्राभेल,कल्भर्ट तथा पुल निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले ३० करोड रूपैयाँ खर्च गरिसकेको छ ।

आगामी आर्थिक वर्षको लागि ७ करोड १६ लाख ५० हजार रकम विनियोजन भएको लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बिरबहादुर रानाले जानकारी दिनुभयो । सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताका अनुसार समयमा नै काम भएको खण्डमा २०८० सम्ममा यो सडक खण्डको निर्माण सकिन्छ ।

यो सडक सञ्चालनमा आएपछि दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको भएपनि निर्माणमा ढिलाई भइरहेको छ । 

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - ०९:०१:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology