Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

स्वास्थ्य

आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै 

आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै 

images

इच्छाकामना न्युज

२, श्रावण २०७९
आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै 
images

काठमाण्डौ, २ साउन । सरकारले आजबाट ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने भएको छ । पहिलो चरणमा खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप लगाउने तयारी भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ । मन्त्रालयले आजदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने पनि जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य लैजानुपर्ने छ । आजदेखि प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने छ ।

यसैगरी, गण्डकी प्रदेशका कास्की र नवलपुर, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर र डडेल्धुरामा खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ ।

बाँकी ५० जिल्लाका बालबालिकालाई भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - ०८:५०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology