Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कार्यालयमा दिउँसै जाँडपाटी गरेर पत्रकार कुट्ने भरतपुर विद्युतका कर्मचारीहरु यी हुन्

कार्यालयमा दिउँसै जाँडपाटी गरेर पत्रकार कुट्ने भरतपुर विद्युतका कर्मचारीहरु यी हुन्

images

इच्छाकामना न्युज

३२, आषाढ २०७९
कार्यालयमा दिउँसै जाँडपाटी गरेर पत्रकार कुट्ने भरतपुर विद्युतका कर्मचारीहरु यी हुन्
images

चितवन, ३२ असार । नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक पत्रकार कृष्ण आचार्यमाथि कुटपिटमा संलग्न आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ ।

कुटपिटबाट घाइते भएका सम्पादक आचार्यले शनिबार जिल्ला प्रहरी कार्यालय, भरतपुरमा पुगेरै नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र भरतपुरका कार्यालय प्रमुख राजीव कुमार सिंहसहित आठ कर्मचारीविरुद्ध किटानी जाहेरी दिएका हुन् । प्रहरीले किटानी जाहेरीमा परेका कार्यालय प्रमुख सिंह बाहेकका सात जना कर्मचारीलाई नियन्त्रणमा लिईसकेको छ ।

नियन्त्रणमा लिइएकाहरुमा कार्यालयका सुपरभाइजर इलेक्ट्रिकल पदमा कार्यरत जिवछ शाह, कार्यालयका सिनियर मिटर रिडर, हेमन्त ढकाल, कार्यालयका फोरम्यान इलेक्ट्रिकल पदमा कार्यरत तुलसी देवकोटा, लेखापाल पदमा कार्यरत मञ्जिमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी, लेखापाल हरि पौडेल र सुपरभाइजर इलेक्ट्रिकल आनन्द बहादुर कुवँर रहेका छन् ।

जाहेरीमा अन्य नाम थर नखुलेका ५/७ जना व्यक्तिहरु पनि घटनामा संलग्न रहेको उल्लेख गरिएको छ । शुक्रबार साँझ कार्यालयभित्र मदिरासहित खसी काटेर भोज चलिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलनका लागि वितरण केन्द्रमा पुगेका आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए ।

कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए । उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए । कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।

यस घटनाको पत्रकारसम्बद्ध सम्पूर्ण संघसंस्था, नागरिक समाज, मानवअधिकारकर्मीलगायतले चौतर्फी विरोध गर्दै घटनामा संलग्न दोषी माथि कडा कारवाहीको माग गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ३२, २०७९ शनिवार - २०:२५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology