भरतपुर, ३२ असार । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् भरतपुर नगर समितिको अध्यक्षमा देव गुरुङ चयन भएको छ । समितिको भरतपुरमा आज सम्पन्न छैटौं अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले समितिको उपाध्यक्षमा देवी गुरुङ, सचिवमा डोल बहादुर गुरुङ र कोषाध्यक्षमा ज्ञानु गुरुङ लगायतलाई चयन गरेको छ ।
समितिको अध्यक्ष गोविन्द बहादुर गुरुङको सभापतित्वमा सम्पन्न अधिवेशन कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सचिव सन्तलाल गुरुङ प्रमुख अतिथि रहेको थियो।

कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि गुरुङले समुदायको उत्थान र अधिकार प्राप्तिका लागि सम्पूर्ण गुरुङ समुदाय एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । यसका लागि सबैले गाउँ नगर सबैमा एकता अभियान चलाउनु पर्नेमा जोड दिए।
यस्तै उनले भारतको सिक्किममा यहि असोज २५ र २६ गते दोस्रो अन्तराष्ट्रिय तमू सम्मेलन हुन लागिरहेको जानकारी दिदै उक्त सम्मेलनमा विश्वभर छरिएर रहेको गुरुङ समुदायका प्रतिनिधिहरु सहभागी हुने बताए।
समितिका प्रचारप्रसार सचिव विर बहादुर गुरुङले संचालन गरेको कार्यक्रममा नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई चन्द्रमान गुरुङ, बेल बहादुर गुरुङ, देवेन्द्र गुरुङ, विमला गुरुङ, शारदा गुरुङ, मिना गुरुङ लगायतले मन्तव्य मार्फत शुभकामना व्यक्त गरेका थिए ।