Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कार्यालयमै जाँडपाटि गरेका विद्युत कार्यालय भरतपुरका कर्मचारीद्वारा नारायणी अनलाइनका सम्पादक आचार्यमाथि सांघातिक आक्रमण

कार्यालयमै जाँडपाटि गरेका विद्युत कार्यालय भरतपुरका कर्मचारीद्वारा नारायणी अनलाइनका सम्पादक आचार्यमाथि सांघातिक आक्रमण

images

इच्छाकामना न्युज

३२, आषाढ २०७९
कार्यालयमै जाँडपाटि गरेका विद्युत कार्यालय भरतपुरका कर्मचारीद्वारा नारायणी अनलाइनका सम्पादक आचार्यमाथि सांघातिक आक्रमण
images

चितवन, ३२ असार । नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यमाथि सांघातिक आक्रमण भएको छ । शुक्रबार अपरान्ह नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका रक्सीले मातेका कर्मचारीहरुले कार्यालय परिसर भित्र सम्पादक आचार्यमाथि सांघातिक आक्रमण गरेका हुन् ।

शुक्रबार अपरान्ह कार्यालय भित्रै जाँडपार्टी गरिरहेको खबर पाएपछि सम्पादक आचार्य समाचार संकलनका लागि अपरान्ह कार्यालय परिसर भित्र प्रवेश गरेका थिए । सोही बेला जाँडमा मातेका कर्मचारीहरुले जाँड खाएको फोटो किन खिचेको भन्दै सम्पादक आचार्यमाथि आक्रमणमा उत्रिएका थिए । ५÷७ जनाको एक समूहले आक्रमण गर्न थालेपछि पर्खाल नाघेर ज्यान जोगाउन सफल भएको सम्पादक आचार्यले बताउनुभयो । ती कर्मचारीहरुले आक्रमण गरेर सबै कपडा च्याति दिएका छन् ।

कार्यालय प्रमुखकै निर्देशनमा कार्यालयको मुख्य गेट नै लगाएर कुटपिट गरिएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,‘कार्यालय प्रमुख सिंहको नेतृत्वमै घटना भएको छ, उनले नै आक्रमण गर्न निर्देशन दिएका हुन् ।’ सबै कर्मचारी रक्सीको मातमा रहेका कारण कसैले पनि अक्रमण र दुव्र्यवहारको विरोधमा नबोलेको आचार्यले बताउनुभयो ।

कर्मचारीले कार्यालयको मुख्य गेट बाहिरसम्म लखटेका थिए । आचार्यले कार्यालय नजिकै रहेको चितवनपोष्ट दैनिकको कार्यालयमा गएर आफुले ज्यान बचाएको बताउनुभयो । सम्पादक आचार्यको टिसर्ट च्यातिएको छ भने शरीरका विभिन्न ठाँउमा चोट लागेको छ । घटनापश्चात कार्यालयमा नेपाल पत्रकार महासंघको टोली प्रहरीसहित कार्यालयमा पुगेको थियो । तर त्यतिबेला जाँड खाएका सबै कर्मचारी भागेका थिए भने नखाएका केही मात्र कार्यालयमा देखिन्थे । उनिहरुले रक्सीका बोतल र खाएका पिलेट नजिकैको झाडीमा फालेको भेटिएको थियो । सम्पादक आचार्यलाई दुव्र्यवहार गरेका ठाँउमा रक्सी र खानेकुरा पोखिएको छ ।

कार्यालयको दिनभरको सिसिटिभी समेत डिलिट गरिएको छ । यसै घटनालाई लिएर सम्पादक आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिनुभएको छ ।

यसबीच घटनामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । राती ११ बजे एक कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दिउँसै कार्यालयमा खसी काटेर जाँडपार्टी गर्ने कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणका लिएर कारवाही गर्न माग चितवनका पत्रकारले गरेका छन् । उनीहरुले राती अबेरसम्म जिल्ला प्रहरी कार्यालय चितवनमा धर्ना दिएर घटनामा संलग्न कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका छन् । कार्यालयका प्रमुख सिंहले यसअघि पनि कार्यालय समयमै जाँड पार्टी गर्ने र विचौलीयासंग मिलेर भरतपुरमा लोडसेडिङ गर्ने गरेको गुनासो आउने गरेको थियो ।

 

images
प्रकाशित मिति :आषाढ ३२, २०७९ शनिवार - ०९:११:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology