Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

महालेखा प्रतिवेदन

महालेखा प्रतिवेदन : भरतपुर महानगरमा विद्यार्थीलाई वितरण साइकल खरिदमै अनियमितता, विद्यार्थी छनौटमा समेत अपारदर्शी

महालेखा प्रतिवेदन : भरतपुर महानगरमा विद्यार्थीलाई वितरण साइकल खरिदमै अनियमितता, विद्यार्थी छनौटमा समेत अपारदर्शी

इच्छाकामना न्युज

३१, आषाढ २०७९
महालेखा प्रतिवेदन : भरतपुर महानगरमा विद्यार्थीलाई वितरण साइकल खरिदमै अनियमितता, विद्यार्थी छनौटमा समेत अपारदर्शी

चितवन, ३१ असार । चितवनको भरतपुर महानगरपालिकाले साइकल खरिद गर्दा समेत अनियमिता गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा विपन्न परिवारका बालबालिकाको लागि साइकल खरिद गर्दा अनियमितता गरेको जनाएको छ ।

images

महानगरले प्रतिस्पर्धा नगरी साइकल खरिद गरेको र विद्यार्थी छनोट अपारदर्शी तरिकाले गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा १३ मा बेलपत्र सम्बन्धी कागज तयारि गरि बोलपत्रको माध्यमद्वारा खरिद गर्ने व्यवस्था छ । तर महानगरपालिकाले साइकलको स्पेसिफिकेशन बनाउँदा इण्डियन लेडिज साईकल अफ्रो कम्पनी वा सो सरह उल्लेख गरेको छ ।

प्रतिस्पर्धी विधिबाट खरिद गर्ने मालसामानको स्पेसिफिकेशन तयार गर्दा निश्चित कम्पनीको ब्राण्ड तथा नाम राखी ठेक्का गरेकोले प्रयाप्त प्रतिस्पर्धा नभएको महालेखाले जनाएको छ । महानगरपालिकाले २१ लाख ३० हजारमा ३३३ थान साइकल एक स्टोर्सबाट खरिद गरेको थियो । महानगरले साइकल वितरण गर्दा विद्यार्थी छनोट पनि पारदर्शी रुपमा नगरेको प्रतिबेदनमा उल्लेख छ ।

 

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - ०९:०१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology