गोरखा, ३० असार । गोरखाको गण्डकी गाउँपालिकाले गाउँपालिकाअन्तर्गत करारका सबै कर्मचारी हटाएको छ ।गाउँपालिकाको आज बसेको गाउँकार्यपलिका बैठकले आर्थिक वर्ष २०७९/८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो । उक्त निर्णय साउन १ गतेदेखिनै लागू हुने पालिकाले जनाएको छ ।
उक्त निर्णय शुक्रवार बस्ने गाउँसभामा लगिने छ । पालिकाको यो निर्णयले ७० जना करारका कर्मचारीले सेवाबाट हट्ने छन् ।
पालिकाले करार सेवामा रहेर पालिकाको सेवा र सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गरेको छ