Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अनलाइन माध्यमबाट मतदाता नामावली सङ्कलन सुरु 

अनलाइन माध्यमबाट मतदाता नामावली सङ्कलन सुरु 

images

इच्छाकामना न्युज

३०, आषाढ २०७९
अनलाइन माध्यमबाट मतदाता नामावली सङ्कलन सुरु 
images

काठमाण्डौ, ३० असार । निर्वाचन आयोगले अनलाइन माध्यमबाट मतदाता नामावली सङ्कलन सुरु गरेको छ । काठमाडौंका उपत्यकाका जिलका प्रशासन कार्यालय, निर्वाचन कार्यालयमा निकै चाप बढ्न थालेपछि आयोगले हिजोदेखि अनलाइन माध्यमबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको हो ।

हाल राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने काम भइरहेकाले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा भीडभाड बढ्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपरिरहेको छ ।

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै आवेदन पेस गर्न सक्नेछन् ।

त्यसपछि अनलाइन फारममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नुपर्ने आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी आयोगले असार १ गतेदेखि मतदाता नामावली सङ्कलन शुरू गरेको थियो । 

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०९:०४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology