Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेललाई वरिष्ठ अधिवक्ताको उपाधि

चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेललाई वरिष्ठ अधिवक्ताको उपाधि

images

इच्छाकामना न्युज

२९, आषाढ २०७९
चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेललाई वरिष्ठ अधिवक्ताको उपाधि
images

चितवन, २९ असार । चितवनका प्रतिनिधिसभा सदस्य एवं अधिवक्ता कृष्णभक्त पोखरेलले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको छ । चितवन जिल्ला अदालत बार एशोसिएसनको पूर्वअध्यक्षसमेत रहनुभएको पोखरेलले विसं २०५० सालदेखि वकालत सुरु गर्नुभएको थियो ।

सांसद पोखरेलको अधिवक्ता प्रमाणपत्र नम्बर ४२३९ रहेको छ । उहाँ २०६४ सालमा चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले झण्डै पाँच हजारको हाराहारीमा मुद्दाको बहस गर्नुभएको छ ।

सांसद पोखरेलले सयौँको संख्यामा निःशुल्क कानुनी सहायता समेत उपलब्ध गराउनुभएको छ । सांसद निर्वाचित भइसकेपछि संविधानको मस्यौदाकार र मुलुकी अपराध संहिता मस्यौदाकार समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ ।

पोखरेलले चितवनको तत्कालीन भरतपुर नगरपालिका, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, मेडिकल कलेज, तत्कालीन जिल्ला विकास समिति, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति, भृकुटी कागज कारखानालगायतका संघसंस्थामा कानुनी सल्लाहकारका रुपमा काम गरिसक्नुभएको छ ।

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - २१:३०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology