Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वन्यजन्तुका कारण निकुञ्ज आसपास बसोबास गर्ने किसान चिन्तित 

वन्यजन्तुका कारण निकुञ्ज आसपास बसोबास गर्ने किसान चिन्तित 

images

इच्छाकामना न्युज

२८, आषाढ २०७९
वन्यजन्तुका कारण निकुञ्ज आसपास बसोबास गर्ने किसान चिन्तित 
images

निशु जोशी, नेपालगन्ज, २८ असार । बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा बसोबास गर्नेहरूले जनावरका कारण वर्षेनी अन्नबालीमा क्षति पुगे पनि सहँदै आएका छन् । संविधानले नै सबै नागरिकको खाद्य अधिकार सुरक्षित गरेको भए पनि वन्यजन्तुका कारण गरिबी, बेरोजगारी समस्या बढेको स्थानीयबासीको गुनासो छ ।

५ सय ५० वर्ग किलोमिटर हेक्टर क्षेत्रफलमा फैलिएको निकुन्ज आसपासमा ८ हजार ९ सय ५७ घरपरिवारको बसोबास छ । तर, उनीहरूले लगाएको अन्नबाली भित्र्याउन पाउँदैनन् । वन्जन्तुले दिएको दुःख र समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

बाँकेको डुडुवा, कोहलपुर र खजुरा गाँउपालिकाले भने केही बजेट छुट्याएर वन्यजन्तुका कारण पीडित किसानका लागि योजना बनाउन सुरु गरेका छन् । नागरिकको खाद्य अधिकार सुरक्षित गर्नवन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले चाँसोका साथ योजना बनाउने विषयमा मुख्यमन्त्रीसँग कुराकानी भइरहेको बताउनुभयो । उहाँले किसानका यी समस्या समाधानका लागि बाली बीमा वा किसानलाई राहत दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आर्थिक रुपमा सक्षम भएका र सरकारले सहयोग गर्नुपर्ने जनसंख्याको अध्ययन गरी पालिकाहरूले खाद्य सुरक्षा एवम् पोषण योजना बनाउन सक्छन् । त्यसअनुसार पनि जनप्रतिनिधि जानुपर्ने लुम्बीनी प्रदेशका सांसद आरती पौडेलले बताउनुभयो । जंगली जनावरले नष्ट गर्न थालेपछि केहिले अन्नबाली लगाउन छोडेका छन् र विकल्पमा कागती खेती उनीहरूको रोजाइमा पर्ने गरेको छ । 

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - ०९:०९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology