Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रानी जमरा कुलरीया सिँचाइ आयोजनाको भौतिक प्रगति १२ वर्षमा ६० प्रतिशत मात्रै 

रानी जमरा कुलरीया सिँचाइ आयोजनाको भौतिक प्रगति १२ वर्षमा ६० प्रतिशत मात्रै 

images

इच्छाकामना न्युज

२८, आषाढ २०७९
रानी जमरा कुलरीया सिँचाइ आयोजनाको भौतिक प्रगति १२ वर्षमा ६० प्रतिशत मात्रै 
images

कैलाली, २८ असार । राष्ट्रिय गौरवमा सूचीकृत कैलालीको रानी जमरा कुलरीया सिँचाइ आयोजनाको भौतिक प्रगति १२ वर्षमा ६० प्रतिशत मात्रै भएको छ । आर्थिक वर्ष २०६७÷६८ बाट कुल ३८ हजार ३ सय हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित सुरु गरिएको आयोजना सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो सिँचाइ प्रणाली हो ।

आयोजनाको मुहान रहेको क्षेत्र कर्णाली चिसापानीतर्फ ऐलानी जग्गामा बसेका बासिन्दाबाट आयोजनाको जग्गा अधिग्रहणमा समस्या, लम्कीतर्फ पर्ने केही राष्ट्रिय वन क्षेत्रमा रूख कटान प्रक्रिया लामो हुँदा समेत काम प्रभावित भएको आयोजना प्रमुख केदार कुमार श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।

उहाँका अनुसार आर्थिक बर्ष २०८०÷८१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य पुरा हुने सम्भावना देखिएको छैन । आयोजनामा ‘लो बिडिङ’ को समस्या पनि छ । अहिले विदेशी ठेकेदार सहभागी हुन पाउने ५ वटा र नेपाली ठेकेदार मात्र सहभागी हुन पाउने २७ वटा ठेक्का छन् । यसमध्ये अधिकांशले तोकिएको भन्दा कम मूल्यमा ठेक्का पाएका छन् । 

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - ०९:०२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology