Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

भरतपुरको ठिमुरामा मन्त्री घनश्याम दाहाल सम्मानित

भरतपुरको ठिमुरामा मन्त्री घनश्याम दाहाल सम्मानित

images

इच्छाकामना न्युज

२७, आषाढ २०७९
भरतपुरको ठिमुरामा मन्त्री घनश्याम दाहाल सम्मानित
images

सन्तोष देवकोटा, भरतपुर, २७ असार । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल अविनासलाई आइतबार भरतपुर १ ठिमुरामा सम्मान गरिएको छ । ठिमुराका विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा मन्त्री दाहाललाई सम्मान गरेका हुन् । ठिमुराको शिक्षा, संस्कृति एवम् पुर्वाधार विकासको लागि अतुलनीय योगदान पु¥याएको भन्दै मन्त्री दाहाललाई औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको राष्ट्रिय आधारभूत विद्यालय ठिमुराका प्रधानाध्यापक ज्योतिनारायण ढकालले जानकारी दिनुभयो ।

ठिमुराका विभिन्न संघ संस्था तथा सर्वपक्षीय बुद्धिजीवीहरुको भेलाले ठिमुराको शिक्षा, संस्कृति एवम् पुर्वाधार विकासको लागि अतुलनीय योगदान गर्नु भएका बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाललाई सम्मान गर्ने निर्णय गरे बमोजिम सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

सम्मान कार्यक्रममा वोल्दै मन्त्री दाहालले ठिमुरा स्थित विभिन्न संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै उक्त सम्मानले आफुलाई झनै ठिमुराको विकासमा लाग्न प्रेरणा मिलेको वताउनु भयो । ठिमुरावासीको सम्मानलाई कहिल्लै नविर्सने वताउँदै उहाँले ठिमुराको चौतर्फि विकासको लागि आफ्नो ठाउँवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

राष्ट्रिय आधारभूत विद्यालय ठिमुरा, टोल विकास संस्था ठिमुरा, न्यु ठिमुरा युवा क्लब, ठिमुरा आमा समूह, जागृति आमा समूह ठिमुरा, सतनचुलि कृषक समूह ठिमुरा, गणेश मन्दिर समिति ठिमुरा एवं आम ठिमुरावासीको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

 

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - १०:१०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology