Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गाउँमै प्रसुती सेवा पाएपछि सिन्धुपाल्चोकका गर्भवति महिलाहरू खुसी 

गाउँमै प्रसुती सेवा पाएपछि सिन्धुपाल्चोकका गर्भवति महिलाहरू खुसी 

images

इच्छाकामना न्युज

२७, आषाढ २०७९
गाउँमै प्रसुती सेवा पाएपछि सिन्धुपाल्चोकका गर्भवति महिलाहरू खुसी 
images

सागर खड्का, सिन्धुपाल्चोक, २७ असार । सिन्धुपाल्चोकका गर्भवति महिलाहरूले अबदेखि गाउँमै प्रसुति सेवा पाउने भएका छन् । असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसुतिका लागि धुलिखेल, काठमाडौंसम्म जानुपर्ने बाध्यता हटेपछि सिन्धुपाल्चोकका गर्भवति महिलाहरू खुशी भएका छन् ।

अब लामो दुरीको यात्रा गरेर आमा र शिशुको ज्यान जोखिममा पार्दै प्रसुति सेवाकै लागि लाखौं खर्चिनुपर्ने बाध्यता हटेको छ । इन्द्रावती गाउँपालिकाका देव मगर, श्रीमतीले विशेषज्ञसहितको प्रसुति सेवा मेलम्चीमै पाएको देखेर खुशी हुनुहुन्छ । उहाँ मात्रै होइन, आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सकको नेतृत्त्वमा शल्यक्रियासहितको प्रसुति सेवा पाउन थालेकोमा गर्भवति महिलाहरूलाई राहत भएको छ ।

यसअघि सुत्केरी गराउन धुलिखेल वा काठमाडौैंसम्म पुुग्नुपर्ने बाध्यता रहेको थियो । सामान्य स्वास्थ्य उपचार सेवा दिदैँ आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले १५ शय्याको नगर अस्पतालको रुपमा स्तरोन्नति गरेको छ । जहाँबाट शल्यक्रियासहितको निःशुल्क प्रसुती सेवा, ट्रमा सेन्टर, फार्मेसी, दन्त सेवा, आँखा उपचार, अक्सिजन उत्पादन प्लान्ट तथा अन्य सेवा प्रवाह हुन थालेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले बताउनुभयो।

अस्पतालमा हाल २८ जनाको दरबन्दी छ । जसमा विशेषज्ञ चिकित्सक १ जना छन् । अनि प्रजनन तथा स्त्री रोग विशेषज्ञ ३ जना रहेका छन् । गुणस्तरीय सेवाका लागि अस्पतालमा आवश्यक जनशक्तिको पनि व्यवस्थापन भएको हुँदा सेवा प्रवाहमा समस्या नहुने अस्पतालका प्रमुख डा.दामोदर पौडेलको भनाइ छ ।

अस्पतालमा विशेषज्ञसहितको सेवा सुरु भएपछि सेवाग्राहीको समय र पैसा दुुबैको बचत हुने भएको छ । अर्को तर्फ बिरामीकोउपचार पनि समयमै हुने भएपछि त्यसले मृत्युु हुने दरलाई पनि कम गराउने विश्वास गरिएको छ । २ लाख ६६ हजार जनसङ्ख्या रहेको सिन्धुपाल्चोकमा मेलम्ची अस्पतालबाट पाँचपोखरी, हेलम्बु, र इन्द्रावती गाउँपालिकाका झन्डै ९० हजार नागरिक लाभान्वित हुनेछन् । 

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - ०८:५९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology