Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँ दुलेगौडाकी निर्दयी आमा : जसले छोरालाई अगुल्टाले पटक-पटक हानिन्

तनहुँ दुलेगौडाकी निर्दयी आमा : जसले छोरालाई अगुल्टाले पटक-पटक हानिन्

images

इच्छाकामना न्युज

२६, आषाढ २०७९
तनहुँ दुलेगौडाकी निर्दयी आमा : जसले छोरालाई अगुल्टाले पटक-पटक हानिन्
images

तनहुँ, २६ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० जुवालथरमा आमाको कुटाइबाट छोरा घाइते भएका छन् । ३२ वर्षीया टिकादेवी नेपालीको कुटपिटबाट छ वर्षीय छोरा सागर नेपाली घाइते भएका हुन् ।

टिकादेवीले अगुल्टाले टाउकोमा पटक–पटक हानी छोरालाई घाइते बनाएकी हुन् । स्थानीय बासिन्दाले उक्त घटनाबारे शनिबार जानकारी पाएपछि प्रहरीलाई खबर गरेको घाइते बालकका आफन्त यामबहादुर परियारले बताए । प्रहरीले घाइते बालकको उद्धार गरेर उपचारको लागि शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल ल्याएको छ । बालकको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ ।

छोरालाई कुटपिट गर्ने आमा टिकादेवीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - २१:२३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology