बाजुरा, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन्। ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत ल्याएका छन्, भने कांग्रेसका नगरप्रमुखका उम्मेदवार रंगबहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन्। मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम राखेको छ।
अब गणना गर्न झण्डै १६ सय मत मात्र बाँकी रहेको छ। अहिलेवडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ। यी दुवै वडा एमालेको पकड क्षेत्र रहेकाले पनि एमालेको जित सुनिश्चित देखिएको हो। ११ बजेभित्र पुरै मतपरिणाम आइसक्ने निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।