Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनको पहिलो पटक एयर होस्टेज स्कुल ‘एरोटेक इन्टरनेशनल’औपचारिक रुपमा सञ्चालनमा

चितवनको पहिलो पटक एयर होस्टेज स्कुल ‘एरोटेक इन्टरनेशनल’औपचारिक रुपमा सञ्चालनमा

images

इच्छाकामना न्युज

२५, आषाढ २०७९
चितवनको पहिलो पटक एयर होस्टेज स्कुल  ‘एरोटेक इन्टरनेशनल’औपचारिक रुपमा सञ्चालनमा
images

चितवन, २५ असार । चितवनमा पहिलो एयर होस्टेज स्कुल एरोटेक इन्टरनेशनल औपचारिकरुपमा सञ्चालनमा आएको छ । स्कुलको भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले एक कार्यक्रमका विच उद्घाटन गरे ।

कार्यक्रममा खनालले जिल्लामा पहिलो एयर होस्टेज स्कुलको रुपमा सञ्चालनमा आएको एरोटेकलाई शुभकामना दिँदै एक पटक कागजपत्र लियर वडा कार्यालयमा आउन अनुरोध गरेका छन् । त्यस्तै एरोटेकलाई आवश्यक परेको खण्डमा वडाबाट हुने सम्पूर्ण सहयोग गर्ने र सञ्चालकहरुलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्न उनले आग्रह गरेका छन् ।

aerotech-udghatan-scaled-1.webp

एरोटेक इन्टरनेशनल स्कुलका सञ्चालक दिपकजंग जिसीले अबका बालबालिकालाई बढी प्रयोगात्मक शिक्षामा केन्द्रित गर्नुपर्ने बताए । भरतपुर महानगरपालिका–१० रिजालचोकको अष्टभुजा पेट्रोल पम्प पछाडि रहेको एरोटेक इन्टरनेशनल स्कुलमा कतार एयरवेज, नेपाली एयरवेजमा लामो समय अनुभव संगालेका शिक्षकहरुले अध्ययन, अध्यापन गराउने व्यवस्था छ । त्यस्तै यहाँ अध्ययन गरेका विद्यार्थीलाई विभिन्न एयरलाइन्ससँगको सहकार्यमा प्रयोगात्मक कक्षा र रोजगारीको अवसर प्रदान गरिने व्यवस्था छ । कक्षा १२ उतिर्ण विद्यार्थीहरुले यसमा अध्ययन गर्न सक्ने जिसीले बताए ।

images
प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - २०:२६:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology