Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा पनि मगर पत्रकार संघ गठन, अध्यक्षमा आशिक राना

चितवनमा पनि मगर पत्रकार संघ गठन, अध्यक्षमा आशिक राना

images

इच्छाकामना न्युज

२४, आषाढ २०७९
चितवनमा पनि मगर पत्रकार संघ गठन, अध्यक्षमा आशिक राना
images

नारायणगढ, २४ असार ।  चितवनमा सञ्चारकर्ममा लागेका मगरहरू पहिलोपटक संगठित भएका छन् । केही दिनअघि सम्मिलित भेलाबाट बनेको तदर्थ समितिले शुक्रबार नारायणगढमा पहिलो अधिवेशन गरेर चितवनमा पनि नेपाल मगर पत्रकार संघलाई औपचारिक रूप दिएको छ । आशिक रानामगरको नेतृत्वमा पहिलो जिल्ला कार्यसमिति गठन गरिएको तदर्थ समितिका अध्यक्ष खिलबहादुर रानामगर (ईश्वर)ले जानकारी दिए ।

सात सदस्यीय कार्यसमितिको उपाध्यक्षमा आशिका थापामगर, सचिवमा मुन लम्तरी मगर र कोषाध्यक्षमा देउकुमार थापामगरलाई चयन गरिएको छ । कार्यसमिति सदस्यहरूमा भने तिलक थापामगर, पुनम थापामगर र किरन थापामगरलाई चयन गरिएको छ ।

292622172_10226032078724596_199301643434267535_n.jpg

यसअघि देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरको प्रमुख आतिथ्यतामा पहिलो सत्र भएको थियो । ढिलै भए पनि सञ्चार क्षेत्रमा क्रियाशील मगरहरू संगठिन हुनु सकारात्मक विषय भएको भन्दै अध्यक्ष मगरले खुसी व्यक्त गरे । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरूङले आदिवासी जनजाति समुदायमा पनि संगठित हुनुपर्छ भन्ने भावना जागेर आउनु नै सकारात्मक भएको बताए ।

कार्यक्रममा नेपाल मगर संघ चितवनका उपाध्यक्ष भीमबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघ चितवनका सचिव रामबहादुर भुजेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगर, थारू पत्रकार संघका केन्द्रीय उप–महासचिव विजय चौधरी, तमू सञ्चारमकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरूङ, नेवा पत्रकार राष्ट्रिय दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १७:५७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology