काठमाण्डौ, २२ असार । सरकारले बकर इदको अवसरमा आइतवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।
उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतवार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।