Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सिन्धुपाल्चोकको चौतारामा सार्वजनिक शौचालयको अभाव 

सिन्धुपाल्चोकको चौतारामा सार्वजनिक शौचालयको अभाव 

images

इच्छाकामना न्युज

२२, आषाढ २०७९
सिन्धुपाल्चोकको चौतारामा सार्वजनिक शौचालयको अभाव 
images

दीपक खत्री, सिन्धुपाल्चोक, २२ असार । नेपाल खुला दिसामुक्त घोषणा भएको ३ वर्षभन्दा बढी भइसकेको छ । व्यक्तिहरूले आफ्नो घरमा शौचालय बनाएको भएपनि बजार तथा मानिसको भीडभाड हुने स्थानमा सरकारले सार्वजनिक शौचालयको व्यवस्था नगरिदिदा खुल्ला दिसामुक्त क्षेत्र घोषणामा मात्रै सीमित भएको छ ।

सिन्धुपाल्चोकको सदरमुकामसमेत रहेको मुख्य बजार चौतारामा एउटा पनि सार्वजनिक शौचालय छैन । जिल्लाभरिबाट प्रशासनिक कामका लागि मानिसहरू चौतारा पुग्छन् । बजार क्षेत्रमा सधैंभीडभाड भइरहन्छ । बजारमा अन्य सुविधाहरू बढ्दै गएको छ, तर सार्वजनिक शौचालयको अभाव छ । जसका कारण प्रशासन, मालपोत जस्ता कार्यालयमा काम लिएर पुगेकाहरूले शौच गर्नको लागि खाजा खाने बाहनामा होटल तथा रेष्टुरेन्ट छिर्नुपर्छ ।

पैसा नहुनेहरू भने शौचालयकै खोजीमा भौँतारिने गरेका छन् । बजारमा शौच लागेपछि धेरै मानिसहरूले शान्त ठाउँ खोजेर विसर्जन गर्ने गरेको देखिन्छ । चौतारा बसपार्क अगाडी एउटा शौचालय रहेपनि हाल सो शौचालय प्रयोग गर्न सकिने अवस्थाको छैन । शौचालयको भौतिक संरचना भत्किएको छ भने पानी र सरसफाइको व्यवस्था नहुँदा यो प्रयोगमा छैन । जसका कारण यात्रु तथा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

नगर क्षेत्रभित्र सार्वजनिक शौचालय र स्वच्छ पानीको व्यवस्था गर्न नगरपालिकालाई स्थानीयले पटक पटक ध्यानाकर्षण गराउने गरेका छन् । सार्वजनिक शौचालय नहुदा समस्या उत्पन्न भएकोले मुख्य बजारमा व्यवस्थित शौचालय बनाउन प्राथमिकता दिने चौतारा साँगाचोकगढी नगरपालिकाका उप प्रमुख सीता थापाको भनाइ छ ।

मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत आवश्यकता भएपनि बजार क्षेत्रमा सार्वजनिक शौचालयहरू नहुँदा खुल्ला दिसामुक्त घोषण भएको नेपालको अवस्थामा घोषणामा मात्रै सिमित बनेको छ । 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०९:२५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology