Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मध्यनेपाल नगरपालिकाको थप तीन वटा कक्षामा स्थानिय पाठ्यक्रम लागू

मध्यनेपाल नगरपालिकाको थप तीन वटा कक्षामा स्थानिय पाठ्यक्रम लागू

images

इच्छाकामना न्युज

२१, आषाढ २०७९
मध्यनेपाल नगरपालिकाको थप तीन वटा कक्षामा स्थानिय पाठ्यक्रम लागू
images

लमजुङ, २१ असार  । लमजुङको मध्यनेपाल नगरपालिकाले चालू शैक्षिक सत्रदेखि थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरेको छ ।  कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको नगरपालिकाले चालू शैक्षिक सत्रबाट कक्षा तीन, सात र नाैका लागि पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याएको हो ।

स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाअन्तर्गतका सबै विद्यालयमा कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाको तयारी छ । स्थानीय पाठ्यक्रम सुरु गरेको पहिलो वर्ष कक्षा एक र ११ को पाठ्यक्रम कार्यन्वयनमा ल्याएको नगरपालिकाले गत वर्ष कक्षा २, ६ र १२ मा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
 
स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
 
 
 
 

images
प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - ०७:५७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology