Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रक्सी खाएर प्रहरी माथि नै आक्रमण गर्ने गोरखा छोप्राकका २ शिक्षक पक्राउ

रक्सी खाएर प्रहरी माथि नै आक्रमण गर्ने गोरखा छोप्राकका २ शिक्षक पक्राउ

इच्छाकामना न्युज

१९, आषाढ २०७९
रक्सी खाएर प्रहरी माथि नै आक्रमण गर्ने गोरखा छोप्राकका २ शिक्षक पक्राउ
images

गोरखा, १९ असार । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने दुई शिक्षक पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी प्रहरीमाथि ढुंगामुढा गर्ने सिरानचोक ४ छोप्राकका शिक्षकहरु रामशरण पोखरेल र रामेश्वर पोखरेल पक्राउ परेका हुन् ।

images
images

मापसे गरी मोटरसाइकल चलाएर घर जादै गर्दा लडेका पोखरेल दाजुभाइलाई सहयोग गर्न पुगेका प्रहरीमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ परेका रामशरण र रामेश्वर साख्खै दाजुभाइ हुन् । उनीहरुमध्य रामशरण मण्डली मावि छोप्राक र रामेश्वर रत्नराज्य माविका शिक्षक रहेका प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिप्रका गोरखाले जनाएको छ ।

‘शनिवार साँझ रक्सी खाएर मोटरसाइकलमा घर फर्किदै गर्दा चोरकाटे नजिकै लडेका रहेछन्’, डिएसपी लीलाराज लामिछाने भन्छन्, ‘दुर्घटना भएको थाहा पाएपछि अस्थायी प्रहरी पोष्ट चोरकाटेबाट त्यहाँ पुगेर सहयोग गर्न खोज्दा उनीहरुले ढुङ्गाले हानेका हुन् ।’

ढुङ्गा प्रहारबाट प्रहरी जवान अनन्तबहादुर रोका र प्रहरी हवल्दार अर्जुनबहादुर सेन घाइते भएका छन् । रोकाको टाउको र अनुहारमा चोट लागेको छ । सख्त घाइते भएका उनको गोरखा अस्पतालमा सामान्य उपचारपछि चितवन मेडिकल कलेजमा थप उपचार भइरहेको छ । प्रहरी हवल्दार अर्जुनबहादुर सेनको अवस्था भने सामान्य छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - २२:३६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology