शोभा हुमागाई, काभ्रे, १९ असार । भौगोलिक रुपमा विकट मानिने काभ्रेको महाभारत गाउँपालिकामा बर्खायामको समयमा नागरिक बाढी र पहिरोको जोखिमा रहन्छन् । घर मात्रै होइन, विद्यालय पनि बाढी र पहिरोको उच्च जोखिममा परेका छन् । बर्खाको समयमा बालबालिका धेरै प्रभावित हुने गरेका छन् ।
काभ्रेको महाभारत गाउँपाकिामा जम्मा ५१ ओटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये आधारभूत तहको ४४ वटा र माध्यमिक तहको १० वटा विद्यालय छन् । गाउँपालिकामा रहेका दुई वटा विद्यालय पहिरोको जोखिममा रहेका छन् ।
महाभारत ४ बुढाखानीको जङ्गल नजिकै रहेको बुढानिलकण्ठ आधारभुत विद्यालय २०७८ साल असोज ६ गतेको पहिरोले पूर्ण रुपमा भत्कियो । जेनतेन पुनर्निर्माण पछि अहिले एउटै कोठामा सबै कक्षाकाविद्यार्थी राखेर पढाउने गरिएको छ । शिशुदेखि कक्षा ५ सम्मका विद्यार्थी एउटै कक्षामा बसेर पढ्दा असहजता भएको ५ कक्षमा अध्ययनरत अनिसा मुक्तानको गुनासो छ।
एक त शिक्षकहरूलाई एउटै कक्षामा सबैलाइ राखेर पढाउन असहज भइरहेको छ, अर्को विद्यार्थीलाई पढ्नमा पनि सहजता छैन । अर्को झरीको समयमा छोराछोरी विद्यालय पठाउन पनि अभिभावकको मनले मान्दैन । विद्यालयमा शिशु कक्षादेखि ५ सम्ममा४२ जना बालबलिका रहेका छन् । शिशु कक्षाका सहजकर्तादेखि,प्रधानाध्यापकसहित ३ जना शिक्षक रहेका छन् ।
विद्यालयको भौतिक व्यवस्थापनमा लागिरहेको विद्यालयका प्रधानाध्यापक टेक बहादुर तुम्सीङ मगरको भनाइ रहेको छ । बुढानिलकण्ठ आधारभुत विद्यालयको स्तरोन्नति गर्न तथा पालिका भित्रका अन्य विद्यालयलाई समेत व्यवस्थापन गर्नको लागि गाउँपालिकाले खासै योजना बनाएको छनै ।
गाउँपालिकाले यसपटक शिक्षाको लागि १ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । पहिरोको जोखिममा रहेका अन्य विद्यालयलाइ समेत स्थानान्तरण गर्ने दीर्घकालिन योजना स्थानीय सरकारको रहेको छ ।