बुटवल, १८ असार । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निस्कर्ष निकालेको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै वलीबाट विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादा विपरीत आवेगात्मक कमजोरी गरेको निश्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढङ्गले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने बताउनुभयो । विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिनुभएको थियो भने उहाँको राजीनामा १५ गते स्वीकृत भएको थियो ।
राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उहाँका श्रीमती मीना भण्डारी बस्नेत र उहाँका छोरीमाथि हातपात गर्नुभएको थियो ।