Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

क्यानडा भ्रमणको पहिलो अभ्यास खेलमा नेपाल विजयी, अर्को खेल असार २० गते हुँदै 

क्यानडा भ्रमणको पहिलो अभ्यास खेलमा नेपाल विजयी, अर्को खेल असार २० गते हुँदै 

images

इच्छाकामना न्युज

१८, आषाढ २०७९
क्यानडा भ्रमणको पहिलो अभ्यास खेलमा नेपाल विजयी, अर्को खेल असार २० गते हुँदै 
images

काठमाण्डौ, १८ असार । नेपालले क्यानडा भ्रमणमा पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ ।जितको लागि २ सय २० रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो । नेपालले अब क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

नेपाललाई आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधै खेल्न र ओडिआई मान्यतालाई निरन्तरता दिन बाँकी सबै खेल खेल्नुपर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अङ्क जोड्दै पाँचौ स्थानमा छ । अर्को खेल असार २० गते नेपालले र २१ गते क्यानडासँग खेल्नेछ । 

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १०:३६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology