मझिमटार, १७ असार । धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले विद्यलायमा कक्षा कोठामा गुणस्तरीय शिक्षा र सरसफाईमा ध्यान दिन ध्यानाकर्षण गराउनुभएको छ । शङ्खादेवी आवासिय माध्यमिक विद्यालय मझिमटारको अनुमगन तथा छलफलका क्रममा उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।
अध्यक्ष विवेकसहित स्वकिय सचिव विनोद शाह र कार्यपालिका सदस्य मणिराज गुरुङले कक्षा कोठाको अनुगमन गर्नुभएको थियो । सो पश्चात विद्यार्थी र शिक्षकहरुसंग छलफल तथा परामर्श गर्नुभएको थियो । छलफलका क्रममा अध्यक्ष विवेकले नर्स कक्ष , कक्षा कोठामा गुणस्तरीय शिक्षा र सरसफाइमा विशेष ध्यानाकर्षण गराउनुभएको हो ।