Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डको १७ वटा ठाउँमा पहिरोको जोखिम 

मुग्लिन–नारायणगढ सडकखण्डको १७ वटा ठाउँमा पहिरोको जोखिम 

images

सिआईएन

१६, आषाढ २०७९
मुग्लिन–नारायणगढ सडकखण्डको १७ वटा ठाउँमा पहिरोको जोखिम 
images

मुग्लिन, १६ असार । मुग्लिन–नारायणगढ सडकखण्डको १७ वटा ठाउँमा पहिरोको जोखिम देखिएको छ । सडक पुननिर्माणको काम सकिएको भएपनि वर्षा सुरु भएसँगै यो सडकखण्ड पहिरोको जोखिममा परेको हो ।

यस वर्षको मनसुन सुरु भएयता मात्रै यो सडकखण्डको सात ठाउँमा साना–ठूला पहिरो खसिसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिम देखिएको छ ।

यस्तै सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्र्कीले सीआइएनसँग बताउनुभयो ।

काठमाण्डौ प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजारभन्दा धेरै सवारीसाधनमा लाखौं यात्रु ओहोरदोहोर गर्छन् । तर पानी पर्ने वित्तिकै पहिरो खस्दा लाखौ यात्रु अलपत्र पर्ने गरेका छन् । 

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०८:५०:४२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology