Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दुई सय ७७ जना मुक्त कमलरी उच्च शिक्षाबाट बञ्चित 

दुई सय ७७ जना मुक्त कमलरी उच्च शिक्षाबाट बञ्चित 

images

इच्छाकामना न्युज

१५, आषाढ २०७९
दुई सय ७७ जना मुक्त कमलरी उच्च शिक्षाबाट बञ्चित 
images

सुशिला ओली, दाङ, १५ असार । २०७० साल असार १३ गतेको मन्त्रिपरिषद् बैठकले कमलरी मुक्तिको घोषणा गरे पनि कमलरीहरूको समस्या समाधान भएको छैन । मुक्त कमलरीहरूले सरकारसँग गरिएको १० बुँदे सहमतिमध्य सात वटा बुँदा अझै कार्यान्वयन नभएको बताएका छन् ।

झन्डै आठ हजार मुक्त कमलरीले परिचयपत्र समेत पाएका छैनन् भने अझ उच्च शिक्षाका लागि राज्यबाट पाउँदै आएको सुविधा खोसिएको उनिहरू बताउँछन् । उच्च शिक्षा अध्ययनका लागि राज्यबाट पाउँदै आएको सुविधा खोसिँदा मुक्त कमलरी विद्यार्थीहरू सबैभन्दा पीडामा छन् ।

छात्रावास र छात्रवृत्ति सुविधा कटौति हुँदा समस्या भएको मुक्त कमलरी विकास मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिनुभयो । दाङको तुलसीपुर उपमहानगरपालिका १७ जिनुवाका मुक्त कमलरी आशा चौधरीले छात्रवृत्ति नपाएकै कारण पठनपाठनमा समस्या भएको बताउनुभयो ।

दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरमागरि दुई सय ७७ जना मुक्त कमलरीलाई उच्च शिक्षामा समस्या भईरहेको छ ।शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै मुक्त कमलरीलाई आत्मनिर्भर बनाउन सरकारले ध्यान पु¥याउनुपर्ने भए पनि १२ हजार ६ सय ६९ जना मुक्त कमलरीले तीनै तहका सरकारबाट आवश्यक सहयोग पाएका छैनन् । 

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - ०९:२१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology