हेटौडा, १४ असार । बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । न्यु डायमन्ड सहित एपीएफ क्लब, पुलिस क्लब र काठमाडौंको परोपकार आदर्श माविगरि चार टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिनुभयो ।
शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । बागमती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।