Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनको भरतपुरमा घाँटीको सिक्री लुछेर भाग्ने गिरोह सक्रिय, घाँटीको घाउसहित पीडित प्रहरीमा

चितवनको भरतपुरमा घाँटीको सिक्री लुछेर भाग्ने गिरोह सक्रिय, घाँटीको घाउसहित पीडित प्रहरीमा

images

इच्छाकामना न्युज

१३, आषाढ २०७९
चितवनको भरतपुरमा घाँटीको सिक्री लुछेर भाग्ने गिरोह सक्रिय, घाँटीको घाउसहित पीडित प्रहरीमा
images

चितवन, १३ असार । चितवनको भरतपुर महानगरका विभिन्न ठाउँमा मोटरसाइकलमा आएर घाँटीको सिक्री लुछेर लैजाने घटना बढ्दै गएको छ । यस्ता घटनाका आशंकामा प्रहरीले विभिन्न क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको छ । घटना धेरै नै बढेपछि भरतपुरका विभिन्न क्षेत्रका पीडितहरु उजुरीका लागि आज जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरीलाई उजुरी गरेका छन् ।

कतिपय पीडितहरुले टेलिफोनबाट त कतिपयले भेटेर नै प्रहरीलाई गुनासो गरिरहेका छन् । प्रहरीले पनि लिखित उजुरी दिन पीडितहरुलाई आग्रह गरिरहेको छ । अधिकांश घटना लंकू धर्मचोक, भरतपुर व्यारेक पछाडि र बेलचोक क्षेत्रमा भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रबिन् विष्टले एकान्त ठाउँ पारेर सडकमा हिडिरहेका महिलाहरुको सिक्री लुट्ने गरेको नारायणी अनलाइनलाई बताए ।

उनले भने, ‘ हतियारसहित एक जना र अन्य दुई जना पक्राउ परेका छन् । अन्यको पनि मोटरसाइकल नम्बर पहिचान भइरहेको छ । हामी खोजी र छानबिनकै क्रममा छौं ।’ उनले यो खालको चोरीका घटना चितवनमा नौलो भएको बताए । विभिन्न ठाउँमा चोरीका घटनाका पीडितहरु आज चितवन प्रहरी कार्यालयमा पुगेर उजुरी दिएका छन् ।

घटनाः १

भरतपुर महानगरपालिका वडा नम्बर ७ की बिनमाया गुरुङको आइतबार बिहान ८ बजे बाइकमा आएका युवाले सिक्री तानेर लगे । लकेट चाही भूइँमा खस्यो । उनले नारायणी अनलाइनसँग भनिन्, ‘तीन तोलाको सिक्री थियो । घरको गेट नजिकै बाइक पछाडिबाट आएर, पछाडि सिक्री तान्दियो । च्यादर र सिक्री लग्यो , कोही मानिस चिनिन, छिमेकी भाईले स्कुटीमा लखेट्दै गएको थियो । त्रिचोकबाट कता गयो थाह नै भएन ।’

गुरुङसँगै चोरीका घटनाबारे जानकारी दिन आएका लंकू भगवती टोल सूर्यप्रसाद सापकोटाले जिल्लाको नजिकै भएर पनि असुरक्षित महसुस गरिरहनु परेको बताए । उनले भने, ‘सिक्री चोरी बढिरहेको छ । लुटेराहरु गाउँगाउँमा डुल्ने, कमजोर महिला देख्यो भने गलाको सिक्री देख्यो भने लुट्ने क्रम बढ्दो छ । उजुरी दिए पनि कसैले सुनेन, सुरक्षा निकायले सुरक्षाको प्रत्याभूति गर्दिनु पर्‍यो । सुरक्षाको प्रत्याभूति गराइदिनुपर्‍यो भन्ने कुरा लिएर उपस्थिति भएका छौं । यस्ता घटनाको शीकार हुनु नपरोस् । त्यही अनुरोध गर्न चाहन्छौं । ’

चितवन प्रहरी परिसरमा भेटिएका श्रीप्रसाद सापकोटा लंकू भगवती टोलका स्थायी बासिन्दा हुन् । जिल्लाको नजिकै भएर पनि असुरक्षित महसुस गरिरहेको भन्दै गुनासो गर्न उनी जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । उनले भने, ‘सिक्री चोरी बढिरहेको छ । लुटेराहरु गाउँगाउँमा डुल्ने, कमजोर महिला देख्यो भने गलाको सिक्री देख्यो भने लुट्ने गरेका छन् । उजुरी दिए पनि कसैले सुनेन । सुरक्षा निकायले सुरक्षाको प्रत्याभूति गर्दिनु पर्‍यो । सुरक्षाको प्रत्याभूति गराइदिनुप¥यो भन्ने कुरा लिएर उपस्थिति भएका छौं । यस्ता घटनाको शीकार हुनु नपरोस् । त्यही अनुरोध गर्न चाहन्छौं ।’

घटनाः २

प्रहरी कार्यालय चितवन पुगेकी भरतपुर ४ की लिला लीला विष्टले ८० वर्षको आमाको सिक्री चोरी भएको गुनासो गरिन् । उनले भनिन्, ‘ जेठको २ गते घर अगाडिबाटै सिक्री लग्यो । असुरक्षित भइयो, जिल्ला प्रहरी कार्यालय नजिकै पनि सुरक्षित महसुस नभएकोले सुरक्षा चाहियो । ’

घटनाः ३

भरतपुर महानगरपालिका–९ नम्बर वडाकी देवकुमारी घरबाट तल सडकमा के झरेकी थिइन् । मोटरसाइकलमा अगाडिबाट आएकाले फर्किएर आएर सिक्री ताने । उनको घाँटीमा नै घाउ देखाउँदै मुखमा पट्टी लगाएर आएका व्यक्तिहरुले सिक्री लुटेको बताइन् । उनले भनिन्, ‘बाइकको नम्बर प्लेट याद नै भएन । डेढ तोलाको सिक्री थियो । वरपर मानिस थिएन । एक्लै देखेर उनीहरुले त्यसो गरे । ’

भरतपुर ४ व्यारेक पछाडिका नेत्रराज सापकोटा पनि चोरीका घटना बढेको भन्दै प्रहरी प्रमुखलाई गुनासो गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जेठ महिना सुरु भएदेखि बिहान ८ नौ बजेकै समयमा मोटरसाइकलमा आएर सिक्री लुट्ने काम भइरहेको उनले बताए । उनले भने, ‘प्रहरीलाई खबर गर्दा भेटिएको छैन । प्रहरीलाई अनुरोध गर्दा, दिनदहाडै खोजेर हिडिरहेका छौं भन्दै छन् । प्रशासनले बुझ्ने कुरा हो ।’ उनले जिल्ला प्रहरी कार्यालयमा प्रहरी र कर्मचारी पर्याप्त छैन भने थपेर भए पनि शान्तिसुरक्षा कम गर्न माग गर्न आएको बताए । उनले एकदिनमा आठ नौं ठाउँमा सिक्री लुटिएकोले गुनासो पोख्न प्रहरीमा आएको नारायणी अनलाइनलाई बताए ।

घटनाः ४

भरतपुरको व्यारेक पछाडि घर भएकी विमला पाठक पनि अर्की पीडित हुन् । व्यारेक पछाडि लक्ष्मी भगवती टोलमा उनको घर छ । उनले भनिन्, ‘ चोरले घर फुटायो, नक्कली गहना सक्कली भनेर लगे । पुलिस प्रशासनलाई बाुेलाएम् । सामानहरु सबै भद्रगोल थियो । मोटरसाइकलको नम्बर प्लेट देखेको छ तर त्यती गर्दा पनि चोर समातेको छैन ।’

चितवनमा पेस्तोलसहित पक्राउ परेका प्रकाश विकलाई प्रहरीले यिनै घटनामा दोषी रहेको आशंका गरेको छ । आइतबार बिहान ६ः३० बजेको समयमा भरतपुर महानगरपालिका–८ घर भई हाल भरतपुर–५ मा डेरा गरी बस्ने ३२ वर्षीय विक प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले पेस्तोलसहित कोठाबाट पक्राउ गरेको हो । गत जेठ २३ गते भरतपुर–४ बाट कटुवा पेस्तोलसहित पक्राउ परेका दिपक पुन मगरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बेला विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विकको कोठा खनतलासी गर्दा कटुवा पेस्तोलसहितका विभिन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली दुई राउन्ड, एक लाख १४ हजार रुपैयाँ नगद, सुनको लकेट सहितको सिक्री एक थान, मोबाइलहरु ५ थान बरामद गरिएको छ । पक्राउ परेका अन्य दुई जनाको वृहत् जानकारी भने प्रहरीले दिएको छैन । नारायणी अनलाईनबाट

 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १९:४८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology