Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पहुँच बढाउने महिला सांसदहरूको प्रतिबद्धता 

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पहुँच बढाउने महिला सांसदहरूको प्रतिबद्धता 

इच्छाकामना न्युज

१३, आषाढ २०७९
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पहुँच बढाउने महिला सांसदहरूको प्रतिबद्धता 
images

काठमाण्डौ, १३ असार । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफ्नो पहुँच बढाउनका लागि आवश्यक सबै कदम चाल्ने महिला सांसदहरूले प्रतिबद्धता जनाएका छन् ।  सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महिला सांसदको पहुँच र चुनौती’ विषयक अन्तरक्रियामा पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद रेखा शर्माले सामाजिक सञ्जालमा सक्रियता बढाउने प्रतिबद्धता जनाउनुभयो ।  

images
images

पार्टीका निर्णय र गतिविधिका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेभन्दा पनि त्यहाँ आइरहेका गुनासो, छलफलका बारेमा जानकारी लिन सामाजिक सञ्जालमा जोडिने गरेको उहाँको भनाइ छ । सांसदहरू केही आफ्नै कारणले सञ्चारमाध्यमको पहुँचमा नरहे पनि अधिकांश सञ्चारमाध्यमले महिला भएकै कारण प्राथमिकता नदिने सांसद शर्माको भनाइ छ ।  

प्रतिनिधि सभा मातहतको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले एक व्यक्तिले मात्रै सूचना, जानकारी दिनसक्छ भन्ने मान्यता सञ्चारकर्मीमा देखिएको धारणा राख्नुभयो ।  पुरुषहरूले जस्तो उच्च मनोबलले बोल्ने वातावरण महिला सांसदलाई नभए पनि निर्णायक छलफलमा सहभागी भएमा वा सूचना दिने पदमा रहँदा महिलाले पनि उदाहरणीय काम गर्न सक्ने उहाँको भनाइ छ ।  

राजनीतिक दलहरूमा क्षमता भएका महिलाभन्दा कमजोर पुरुषलाई स्थान दिने परिपाटीले पनि यस्तो समस्या देखिएको उहाँले बताउनुभयो । नेपाली काँग्रेसका सांसद लक्ष्मी परियारले नेतृत्व भनेकै पुरुष हो भन्ने मानसिकता सञ्चारमाध्यममा रहेको टिप्पणी गर्नुभयो ।  महिला सांसदलाई नितृत्व र सञ्चारमाध्यमको पहुँचमा पु¥याउन पछाडि पारिएकाहरूको बारेमा सामग्री वा शृङ्खला तयार पार्नुपर्ने उहाँको सुझाव छ ।

पुरुष र महिला सांसदले एकै विषय उठाउँदा सञ्चारमाध्यममा पुरुष मात्र छाउने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै सांसद परियारले आगामी दिनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि सक्रिय रहनका लागि कोसिस गर्ने प्रतिबद्धता जनाउनुभयो । एमाले सांसद सरिता न्यौपानेलेकेही सांसदलाई मिडियाले नै सेलिब्रेटी बनाउने गरेको विचार राख्नुभयो ।

कार्यक्रममा आर्थिक पत्रकार सङ्घका अध्यक्ष पत्रकार मोदनाथ ढकालले सञ्चारमाध्यममा बोल्नेमा महिला कम, लेख्नेमा पनि महिला कम र समाचारका विषयमा पनि महिला कम रहेको बताउँदै मिडियाले स्रोत एकदम छिटो खोज्ने र विश्वसनियता खोज्ने भएका कारण महिला सांसद पर्याप्त सङ्ख्यामा पहुँचमा नरहेको धारणा राख्नुभयो । 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १९:२८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology