Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लोकगायिका दिलमाया सुनार मृत्यु प्रकरणका ३ ‘क्लु’ जसले घटनालाई रहस्यमय बनाए

लोकगायिका दिलमाया सुनार मृत्यु प्रकरणका ३ ‘क्लु’ जसले घटनालाई रहस्यमय बनाए

पत्रपत्रिका

१३, आषाढ २०७९
लोकगायिका दिलमाया सुनार मृत्यु प्रकरणका ३ ‘क्लु’ जसले घटनालाई रहस्यमय बनाए
images

काठमाडौं, १३ असार । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीर रूपमा अनुसन्धान थालेको हो ।

images
images

गायिका सुनार काठमाडौंको बानियाँटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिवेला जे पनि हुन सक्छ भनेर स्टाटस सार्वजनिक भएको थियो । उक्त स्टाटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ तर स्टाटसभन्दा घटना प्रकृति निक्कै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि उक्त विषयलाई पुष्टि हुने देखिन्छ । उनले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

‘घटना शंकास्पद देखिएको छ, शव परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ,’ मैनालीले भने । गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । मैनालीका अनुसार घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ परे पनि नाम खुलाइएको छैन । प्रहरी स्रोतले गायिका सुनारको हत्या आशंका गरेको छ ।

सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेकाे जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ । गायिका सुनारसँग एकजनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शनिबार बिहान काठमाडौंको नेपालटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानबिनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाब दिन थालेका छन् । उनीहरूले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू सत्यतथ्य छानबिनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिए । अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताए ।

प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन । घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शंकास्पद बनाउन बल पुर्‍याएको छ । नयाँ पत्रिकाबाट

 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १०:१३:५८ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology