Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज

समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज

इच्छाकामना न्युज

९, आषाढ २०७९
समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज
images

काठमाडौं, ९ असार । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । यसले असार १ गतेदेखि ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको थिर्यो । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

images
images

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

यसअघि कम्पनीले चैत २९ गतेबाट वैशाख ७ गतेसम्म संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । उक्त समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ०९:५५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology