Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

images

इच्छाकामना न्युज

८, आषाढ २०७९
सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा
images

सप्तरी, ८ जेठ । सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्याएर ट्रक चालक र सहचालक भने फरार भएका छन् ।

मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित चेक प्वाइन्टमा को१ख २९२५ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा १ सय ७५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रकमा ३ सय ५० केजी अदुवासहित बोरामा प्याकिङ गरिएको गाँजा बरामद भएको प्रहरीको भनाइ छ । 

 

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - २१:५१:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology