Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जिल्ला भलिबल संघ गोरखाको अध्यक्षमा कृष्ण गुरुङ, कोषाध्यक्षमा शहिद लखनका लक्ष्मण काप्री निर्विरोध निर्वाचित

जिल्ला भलिबल संघ गोरखाको अध्यक्षमा कृष्ण गुरुङ, कोषाध्यक्षमा शहिद लखनका लक्ष्मण काप्री निर्विरोध निर्वाचित

images

इच्छाकामना न्युज

७, आषाढ २०७९
जिल्ला भलिबल संघ गोरखाको अध्यक्षमा कृष्ण गुरुङ, कोषाध्यक्षमा शहिद लखनका लक्ष्मण काप्री निर्विरोध निर्वाचित
images

गोरखा, ७ असार । जिल्ला भलिबल संघ गोरखाको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित भएको छ । आज गोरखामा सम्पन्न संघको जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कृष्ण दवाडी, महासचिवमा राजुबावु श्रेष्ठ र कोषाध्यक्षमा शहिद लखन गाउँपालिकाका लक्ष्मण काप्री निर्विरोध निर्वाचित गरेको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।

यसैगरी कार्यसमिती सदस्यमा कृष्ण कुमार श्रेष्ठ, नर बहादुर गुरुङ, जुनी थापा, हरि बहादुर थापा, शर्मिला कुमाल, कोपिला अधिकारी, विकास भट्ट र सानुबावु आले रहेका छन् । प्रदेश प्रतिनिधिमा महासचिव श्रेष्ठ र कोषाध्यक्ष काप्रीलाई पठाउने निर्णय भएको जनाइएको छ ।

उक्त अधिवेशनको अवसरमा केन्द्रिय निर्वाचन समितीका सदस्य एवम नेपाल भलिबल संघका केन्द्रिय सदस्य राज कुमार गुरुङ, क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका उपाध्यक्ष नविन गुरुङ, जिल्ला खेलकुदका कार्यालय प्रमुख पञ्चमान राई लगायतको सहभागिता रहेको थियो ।

 

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - २१:२४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology