Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समुद्रमा डुबेको ५० वर्ष पुरानो तैरने रेस्टुरेन्टमा ३० लाख आगन्तुकले खाना खाएका थिए

समुद्रमा डुबेको ५० वर्ष पुरानो तैरने रेस्टुरेन्टमा ३० लाख आगन्तुकले खाना खाएका थिए

एजेन्सी

७, आषाढ २०७९
समुद्रमा डुबेको ५० वर्ष पुरानो तैरने रेस्टुरेन्टमा ३० लाख आगन्तुकले खाना खाएका थिए
images

तैरिरहेको रेस्टुरेन्टको रूपमा आफ्नो अलग्गै पहिचान बनाएको तथा ५० वर्षदेखि सञ्चालन आएको हङकङको रेस्टुरेन्ट बन्द भएको छ । उक्त जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको यसको मूल कम्पनीले जनाएको छ । डोरीले बाँधेर तन्दै गर्दा रेस्टुरेन्ट डुबेको हो । 

images
images

उक्त घटनाबाट धेरै दुखी भएको एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले जनाएको छ । होटल डुब्दा चालक दलका सदस्यहरू भने घाइते नभएको जनाइन्छ । सन् २०२० को मार्चमा कोभिड महामारीको समयमा रेस्टुरेन्ट बन्द थियो । 

बेलायतकी महारानी, हलिउड अभिनेता टम क्रुज र व्रिटिश उद्यमी रिचर्ड ब्रान्सनलगायतका ३० लाख भन्दा बढी आगन्तुकले उक्त रेस्टुरेन्टको खाना खाएको विश्वास गरिन्छ । रेस्टुरेन्ट धेरै चलचित्रहरूमा पनि चित्रित भएको थियो । तर, कोभिड महामारीका कारण पछिल्लो समय व्यवसाय प्रभावित भएको थियो । 

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - २०:५२:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology