Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दोस्रो बिहे गर्न जाँदै गर्दा बेहुला पक्राउ

दोस्रो बिहे गर्न जाँदै गर्दा बेहुला पक्राउ

images

इच्छाकामना न्युज

६, आषाढ २०७९
दोस्रो बिहे गर्न जाँदै गर्दा बेहुला पक्राउ
images

सुधा देव, सप्तरी ६ असार । बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ बाट राजेन्द्र मण्डलको छोरा फुलदेव कुमार मण्डललाई जन्ती जान तयारी भएको अवस्थामा आइतबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

भारतको मधुवनी आराहा भन्ने स्थानमा दोस्रो विवाहका लागि जन्ती जान तयारी गरेको अवस्थामा मण्डललाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता काफ्लेले बताए ।

'पत्नीमाथि कुटपिट गरेको सूचनाको आधारमा पक्राउ गरी प्रहरी हिरासतमा राखी अनुसन्धान थालेकाछौं,' उनले भने ।

मण्डलकी पत्नी काजलकुमारी मण्डलले श्रीमान‍्ले दोस्रो विवाह गर्न खोजेको आरोप लगाइन् । आफू हुँदाहुँदै आमा बुवाको कुरामा परी दोस्रो विवाह गर्न लागेको उनको आरोप छ ।

उनले दोस्रो विवाह गर्न खोजेकोले श्रीमान‍्लाई झिकाई कानुन बमोजिम कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएकी थिइन् । उनले श्रीमान‍्सँगै ससुरा ६५ वर्षीय राजेन्द्र मण्डल, सासू ६० वर्षीया चनरवती देवी मण्डललाई विपक्षी बनाई बहुविवाह गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका शाखामा निवेदन दर्ता गराएकी थिइन् ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ माइती भएकी काजलको २०७३ वैशाख १५ गते सामाजिक परम्परा अनुसार फुलदेवसँग विवाह भएको थियो । दाइजो कम ल्याएको भन्दै श्रीमान्, सासू, ससुराले कुटपिट गरी यातना दिनथालेपछि २०७६ मंसिर २८ गतेदेखि नाबालिका छोरीसँगै काजल माइतीमा बस्दै आएकी थिइन् । दाइजो कम भएको भन्दै थप १० लाख दाइजो ल्याउन दबाब दिँदै श्रीमान्, सासू ससुराको यातना थेग्न नसकेपछि माइत बस्दै आएको काजलको दुखेसो छ।

सप्तरी जिल्ला अदालत राजविराजको इजलासले मुद्दाको किनारा नलाग्दासम्म नाबालिका छोरी ज्योति कुमारी मण्डल र मलाई मासिक पाँच हजारका दरले १० हजार दिन आदेश दिएका थियो । श्रीमान‍्ले अदालतको आदेश कार्यान्वयन नगरी उच्च अदालत राजविराज जनकपुरमा मुद्दा दिएको उनले जानकारी दिइन् ।

पीडित काजलले अदालतमा मुद्दा चलिरहेको समयमा दोस्रो विवाह गर्न खोज्ने पतिलाई हदैसम्मको कारबाहीको माग काजलले गरेकी छिन् । 

ससुरा राजेन्द्रले जग्गा जमिनसहित सम्पत्ति अर्काको नाममा नामसारी गरी छोरालाई सम्बन्ध विच्छेदको मुद्दा लगाउन उक्साएको उनले आरोप लगाइन् । बुवाको मृत्यु भइसकेकोले दाजुभाइको शरणमा ४ वर्षीये छोरीसहित छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीस्थित माइती घरमा बस्दै आएको दुखेसो काजलको छ।

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - २२:०७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology