Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चित्तल मारेर खाँदै गरेका सातजना सेनाको गस्ती टोलीद्धारा पक्राउ

चित्तल मारेर खाँदै गरेका सातजना सेनाको गस्ती टोलीद्धारा पक्राउ

रासस

१, पौष २०७७
चित्तल मारेर खाँदै गरेका सातजना सेनाको गस्ती टोलीद्धारा पक्राउ
images

चितवन, १ पौष । चित्तल मारेर खाँदै गरेका सात जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ। निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो।

images
images

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ बस्ने ४९ वर्षीय शुकबहादुर दरै, ४२ वर्षीय चन्द्रप्रसाद दरै, २८ वर्षीय दीपक दरै, सन्तकुमार दरै, ६० वर्षीय बुद्धिबहादुर दरै, २८ वर्षीया सुकमाया दरै र ५० वर्षीया शान्ति दरै रहेका छन्।
उनीहरुको साथबाट ३० किलो चित्तलको मासु, तीन वटा डेक्ची, एउटा कराही, दुई वटा स्टिलको बाटा, एउटा स्टिलको बाबल, एउटा अचानो, एउटा खुँडा, एक थान मासु सुकाउने जाली र दुई वटा प्लाष्टिकका बोरासमेत बरामद गरिएको अधिकारीले जानकारी दिनुभयो।
उनीहरुलाई सोमबार राति ११ बजेको समयमा चित्तल काटेर खाँदै गरेको अवस्थामा निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो। उनीहरुविरुद्ध आवश्यक कानुनी कारवाही अगाडि बढाइएको निकुञ्जले जनाएको छ। 

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - ०८:२७:०८ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology