Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रदेश सांसद रीना गुरुङले तमू संचारकर्मी संघ चितवनका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने

प्रदेश सांसद रीना गुरुङले तमू संचारकर्मी संघ चितवनका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने

इच्छाकामना न्युज

६, आषाढ २०७९
प्रदेश सांसद रीना गुरुङले तमू संचारकर्मी संघ चितवनका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने
images

भरतपुर, ६ असार । बागमती प्रदेश सभा सदस्य रीना गुरूङले तमू सञ्चारकर्मी संघ (एटजोन) चितवनको लागि अक्षयकोष स्थापना गरिदिने भएको छ । सोमबार संघको जिल्ला शाखाको पदाधिकारी तथा केन्द्रीय समितिका सचिव तथा कार्यसमिति सदस्यहरूसँगको विशेष भेटका क्रममा राप्रपाकी केन्द्रीय सह–महामन्त्रीसमेत रहेकी सांसद गुरूङले आफ्नोतर्फबाट संघको लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएकी हुन् । नेतृ गुरूङले कम्तिमा पनि एक लाख रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरिदिने बचन दिएकी हुन् । 

images
images

चितवन जिल्लामा पनि तमू (गुरूङ) समुदायबाट सञ्चारकर्ममा लागेका व्यक्तिहरूको उत्थान र संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिदिने योजना बनाएको उनले बताइन् । ‘मेरो सोच र योजना धेरै पुरानो हो, तर बल्ल अवसर जुरेको छ,’ उनले भनिन्, ‘म आफैँ पनि सञ्चारकर्ममै रहेको व्यक्ति भएकोले आफ्नै क्षेत्रको लागि केही न केही गर्नुपर्छ भनेर लागेकी छु ।’ 

atjon.jpg

सोमबार भएको भेटघाटमा एटजोन चितवनका अध्यक्ष तुलमान गुरूङ, सचिव राजनदिल गुरूङ, सह–सचिव गीता गुरूङ, सदस्यहरू ममता गुरूङ र कमला गुरूङ तथा केन्द्रीय सचिव चित्र ‘सोल्टी’ गुरूङ, केन्द्रीय सदस्य सीतादेवी तमुस्यो, तमू (गुरूङ)लगायतको उपस्थिति थियो । 

संघको लागि तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले कार्यालय समेत उपलब्ध गराएको छ । महाबौद्ध गुम्बा तीनखोलेस्थित तमू ह्युल छोँज धीँ चितवनले निर्माण गरेको संग्रहालय भवनमा कार्यालयको लागि कोठा उपलब्ध गराएको अध्यक्ष गणेशबहादुर गुरूङले बताए ।

यस्तै संघको कार्यालय संचालनका परिषद्ले कोठा उपलब्ध गराइसकिएकोले छिट्टै एक कार्यक्रमको आयोजना गरि कार्यालय उद्घाटन र संचालन गरिने तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपाल चितवनका अध्यक्ष तुलमान गुरुङले बताए।

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - २०:१०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology