भरतपुर, ४ असार । पञ्चशील तमू आमा समाज समिति भरतपुर–९, शरदपुरको छैठौँ अधिवेशनले सकुन्तला गुरूङको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा हेमा गुरूङ, सचिवमा निशा गुरूङ, सहसचिवमा रेखा गुरूङ, कोषाध्यक्षमा लीला गुरूङ रहेका छन् । यस्तै सदस्यहरुमा दुर्गा गुरूङ, लक्ष्मी गुरूङ, सानु गुरूङ, जमुना गुरूङ, कुमारी गुरूङ, आशा गुरूङ, सम्झना गुरूङ र राममती गुरूङ निर्वाचित भएको सचिव निशा गुरूङले जानकारी दिइन् ।
समाजकी अध्यक्ष विष्णुकुमारी गुरूङको अध्यक्षता एवं भूमिदाता मनसुवा गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पञ्चशील तमु समाज भरतपुर-९ का अध्यक्षसमेत रहेका गुरूङ राष्ट्रिय परिषद्का केन्द्रीय सचिव सन्तलाल गुरूङले आमा समाजबिनाको समाज अधूरो र विकास निर्माणमा गति लिन नसक्ने बताए ।







