Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धादिङमा मलामी बोकेको स्वराज ट्रक दुर्घटना, ११ जना घाईते

धादिङमा मलामी बोकेको स्वराज ट्रक दुर्घटना, ११ जना घाईते

images

इच्छाकामना न्युज

४, आषाढ २०७९
धादिङमा मलामी बोकेको स्वराज ट्रक दुर्घटना, ११ जना घाईते
images

धादिङ, ४ असार । धादिङको ज्वालामुखी गाउँपालिका ३ मैदीमा मलामी बोकेर  जाँदै गरेको स्वराज गाडी दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।

शुक्रबार राति करिब १० बजे मलामी बोकेर जाँदै गरेको बा ४ ख १२२९ नम्बर को स्वराज गाडी नीलकण्ठ नगरपालिका ८ मैदीभन्ज्याङमा आफै अनियन्त्रीत भई सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी  नायब उपरीक्षक  जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।  

घाईते भएका ११ जना मध्ये गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय शिव कुमार श्रेष्ठ, वडा नम्बर ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धन बहादुर मगरको भने काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । घाईते ६ जनाको भने धादिङ अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।

सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी, धादिङ रेडक्रस, धादिङ सोसियल भोलेन्टियर, एम्बुलेन्स चालक समाज र स्थानीय जनताको सहयोगमा उद्वार गरिएको हो ।

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - १०:०४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology