Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राइनास नगरपालिकाद्धारा स्थानिय पाठ्यक्रम तयार

राइनास नगरपालिकाद्धारा स्थानिय पाठ्यक्रम तयार

images

इच्छाकामना न्युज

३, आषाढ २०७९
राइनास नगरपालिकाद्धारा स्थानिय पाठ्यक्रम तयार
images

लमजुङ, ३ जेठ । लमजुङको राइनास नगरपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।

राइनासमा कक्षा एकदेखि पाँचसम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र उक्त पुस्तकमा कक्षागत आधारमा विभिन्न विषयलाई समावेस गरिएको छ । चालू वर्षमा कक्षा ६ देखि आठसम्मको पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट सुरु गरिने नगरपालिकाले जनाएको छ ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले राइनास नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामीले बताए । अछामीका अनुसार पाठ्यक्रममा पालिकाभित्रको ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजंगल, जडिबुटी, कृषि, जातिगत विविधता आदिलाई समेटिएको छ ।

हाल कक्षा एकदेखि पाँचसम्मको पाठ्यक्रम निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिँदै शिक्षा शाखा प्रमुख अच्छामीले यही शैक्षिक सत्रबाट पालिकाभित्रका पाँचवटा संस्थागत र ३६ वटा सामुदायिकसहित ४१ वटा विद्यालयमा अध्यापन सुरु गरिने बताए । स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा, शैक्षिक क्षेत्रमा योगदान पु–याएका विशेष व्यक्ति एवं स्थानीय शिक्षकसहितको सात सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको थियो । पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति संगठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागितामा सुझाव संकलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ ।

पाठ्यक्रममा स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिको बारेमा विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई समृद्ध पालिका बनाउन पाठ्यक्रम निर्माणले पनि सहयोग पुग्ने अपेक्षा गरेको राईनासका नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।

images
प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - २०:२५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology