Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

इच्छाकामना न्युज

३, आषाढ २०७९
१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ
images

बझाङ, ३ असार । बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

images
images

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । 

तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पीडित पक्षको भनाइ छ । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ भएको पीडितले जनाएको छ । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - १९:५२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology